आज मिति २०८३ साल वैशाख ४ गते शुक्रबारका दिन बौधीमाई नगरपालिका वडा नं. २ स्थित श्री आधारभूत विद्यालय, इनरवाको नयाँ भवन निर्माणका लागि शिलान्यास कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
नगर प्रमुख श्री प्रदिप कुमार यादव र नगर उप-प्रमुख श्रीमती प्रमिला देवीको समुपस्थितिमा उक्त विद्यालय भवनको जग पूजा गरी विधिवत् रूपमा शिलान्यास गरिएको हो।
कार्यक्रमका मुख्य विशेषताहरू:
प्रमुख अतिथि: नगर प्रमुख श्री प्रदिप कुमार यादव
विशिष्ट अतिथि: नगर उप-प्रमुख श्रीमती प्रमिला देवी
सहभागिता: वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण वडा अध्यक्षज्यूहरू र नगर कार्यपालिका सदस्यज्यूहरूको उत्साहजनक उपस्थिति।
